समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

हल्दिबारीमा सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

हल्दिबारी, झापा — हल्दिबारी गाउँपालिकामा वित्तीय सेवा दिँदै आएको सिटिजन्स बैंकको हल्दिबारी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री पञ्चायत माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा हल्दिबारी वडा नं–३ की वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य विष्णु माया तिम्सिना ढुङ्गेल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले ब्यानर वाचन गर्दै कार्यक्रम उद्घाटन गर्नुभयो।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, सिटिजन्स बैंक हल्दिबारी शाखाका प्रबन्धक भोला शंकर, वडा सचिव राजन खतिवडा, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्ण आङ्ग्वो, ढडुवा युवा क्लबका अध्यक्ष कुलबहादुर न्यौपाने, बैंकका कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

स्वागत मन्तव्य शिक्षक रमेश भण्डारीले प्रस्तुत गर्नुभयो। कार्यक्रममा अतिथिहरूले विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै उज्ज्वल शैक्षिक भविष्यको कामना व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले शिक्षाको क्षेत्रमा सिटिजन्स बैंकले पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख अतिथिले पनि बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गर्नुभयो।

शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल अभिषेक खतिवडाले गर्नुभएको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)