काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन सकेनन्।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्। बाँकी ३६ जना विभिन्न कारणले मतदानमा अनुपस्थित रहेको आयोगले जनाएको छ।

अनुपस्थित रहनेहरूमा केन्द्रीय कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधि समावेश छन्।

केन्द्रीय कमिटीबाट मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरि बहादुर राजवशी मतदानमा सहभागी भएनन्।

अनुशासन आयोगतर्फ पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील) अनुपस्थित रहे। प्रदीप प्याकुरेल भने मतदानस्थलमा उपस्थित भए पनि मतदान कार्ड नहुँदा मत हाल्न नसकेको आयोगले जनाएको छ।

निर्वाचन आयोगबाट समिर नेपाल र रचना राजोपाध्याय तथा लेखा आयोगबाट अशोक केसी मतदानमा सहभागी भएनन्। विभागतर्फ धनश्याम कोइराला र संजीव रोकाहा पनि मतदानमा अनुपस्थित रहेका छन्।

महाधिवेशन प्रतिनिधितर्फ झापा, बारा, सिरहा, पर्सा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको जनाइएको छ। कुल ३६ जना अनुपस्थितमध्ये एक जनाको नाम भने सार्वजनिक गरिएको छैन।

मतदान सम्पन्न भएसँगै एमालेले मतगणना प्रक्रिया सुरु गरिसकेको छ। पार्टीले आजै काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार