बिना रोका

कोरोना अब आउदैन नि कतै, लौ ढुक्क हामी बनौ।
हातै यो धुन मस्त साथ अहिले , जानेर ज्ञानी भयौ।।
टाढै बस्छु सखी रमेर घरमा कोरोन खत्रा झनै।
धोई हात सफा बनेर सबले, रोगै भगाए सबै।।
                          १

कस्तो रोग रहेछ हेर सबमा , सन्त्रास ल्याई दियो।
लड्दै त्यो नजिकै हुँदैन अब त्यो, साँच्चै मरेरै गयो।।
ठूलै दम्भ अझै नदेउ सजगै, हुन्छौं नि हामी जहाँ ।
सक्छौ मास्न अवस्य एक दिन ता ,ध्यस्तै बनाई यहाँ।।
                           २

बन्थ्यो दुष्ट सधै लडेर जनमा , संसार सारा भरी।
गोर्खाली सँग ता भिडेर नसकी , भागे सबै रोग ती।।
भन्दै काल हुँ हेर मार्दछु भनी, यो नै सधै बढ्छ यो।
एक्लै बस्न सके सफा जतनले, सर्दैन यो रोग पो।।
                          ३

नेपाली जनमा डराइ कन यो, कोरोन बस्दैन रे।
कोरोना पर भै मनुष्य घरमा , फोहो र गर्दैन रे।।
छर्दै ज्ञान समस्त जगतमा चम्केर आऊ धरा।
बाचौँ है सब नै मिलेर जनता , बन्दै निरोगी सदा।।
                          ४

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार