समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

राप्रपा र राप्रपा नेपालबीच एकताको टुंगो, अध्यक्षद्वयको खुसी अभिव्यक्ति सार्वजनिक

हल्दिबारी झापा। । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच अन्ततोगत्वा एकताको टुंगो लागेको छ। लामो समयदेखि छलफल र संवादमा रहेका दुवै दलले आपसी सहमतिमा एकताका आधारहरू तय गर्दै अघि बढ्ने निर्णय गरेका हुन्।

एकताको सन्दर्भमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत फोटोसहित खुसी व्यक्त गरेका छन्। दुवै अध्यक्षले राष्ट्रवादी शक्तिहरूको एकता समयको आवश्यकता भएको उल्लेख गर्दै यसले राष्ट्रिय राजनीति सही दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

विज्ञापन (Advertisement)Advertisement

एकतासँगै छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकीकृत ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गरिएको छ। नेताहरूका अनुसार विचार, संगठन र कार्यक्रमको एकरूपतामार्फत राष्ट्र, राष्ट्रियता र पहिचानका मुद्दालाई थप सशक्त बनाउने लक्ष्य लिइएको छ।

दलहरूका अनुसार आगामी दिनमा संयुक्त कार्ययोजना सार्वजनिक गरिनेछ भने संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनबारे पनि सहमतिका आधारमा निर्णय गरिनेछ। राजनीतिक विश्लेषकहरूले यो एकताले राष्ट्रवादी धारमा नयाँ ऊर्जा थप्ने र समग्र राजनीतिक समीकरणमा प्रभाव पार्ने सम्भावना रहेको बताएका छन् ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)