समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

विष्णु भगवती अङ्ग्रेजी बोर्डिङ स्कुलमा सरस्वती पूजा, नयाँ भर्ना निःशुल्क

बिर्तामोड (झापा) — बिर्तामोड–१० मा अवस्थित विष्णु भगवती अङ्ग्रेजी बोर्डिङ स्कुलमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमै आयोजित पूजामा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा शैक्षिक प्रगति, संस्कार र सांस्कृतिक चेतनाको विकाससँगै विद्यार्थीमा सिर्जनात्मक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य व्यक्त गरिएको विद्यालयले जनाएको छ।
सो अवसरमा विद्यालयले नयाँ विद्यार्थी भर्ना प्रक्रिया निःशुल्क रूपमा सञ्चालन गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद उप्रेतीका अनुसार गुणस्तरीय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्यका साथ निःशुल्क भर्ना सुविधा उपलब्ध गराइएको हो।
वि.सं. २०७१ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। विद्यालयले प्लेग्रुपदेखि कक्षा ९ सम्म अध्यापन गराउँदै आएको छ।
पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको विद्यालयले जनाएको छ। नृत्य, गायन, खेलकुद, कराते लगायतका विधामा सम्बन्धित प्रशिक्षकमार्फत नियमित प्रशिक्षण दिइँदै आएको छ। यस्ता क्रियाकलापले विद्यार्थीको शारीरिक, मानसिक तथा सिर्जनात्मक विकासमा सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास छ।
विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रहने योजना रहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)