सङ्खुवासभा । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार पाँचखपन नगरपालिका–४ स्थित खानीगाउँमा आज बिहान उक्त दुर्घटना भएको हो। भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा ट्र्याक्टरमा सहचालकका रूपमा काम गर्दै आएका २१ वर्षीय रोशन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार दुर्घटनापछि ट्र्याक्टर चालक, पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार