समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

झापामा मोटरसाइकल दुर्घटना: सशस्त्र प्रहरी सहायक हवल्दार तामाङको मृत्यु

मेचीनगर, १ वैशाख । झापाको मेचीनगर नगरपालिका–२ स्थित मदन भण्डारी राजमार्गमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

​दुर्घटनामा परी पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल सशस्त्र प्रहरी बल (BOP) बाहुनडाँगीमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार (सप्रसह) सचिन तामाङको मृत्यु भएको हो ।

विज्ञापन (Advertisement)Advertisement

​प्रहरीका अनुसार, शनिबार बेलुका १७:३० बजेतिर तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ १८:४५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

​मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही युनिट (BOP बाहुनडाँगी) मा कार्यरत ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार (सप्रह) डिल्लिराम सुवेदी सामान्य घाइते भएका छन् । उनको हातमा चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ । उनको हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।

​दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । फाइल फोटो

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)