झापा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ‘टाइम’ म्यागेजिनको सन् २०२३ का १०० प्रभावशाली उदीयमान व्यक्तिहरूको सूचीमा परेका छन् । बुधबार सार्वजनिक गरिएको ‘टाइम १०० नेक्स्ट’ सूचीमा शाहलाई विश्वका प्रभावशाली नयाँ नेतृत्वका रूपमा समेटिएको हो ।

​टाइम म्यागेजिनले युवा आन्दोलन र वैकल्पिक राजनीतिको जगमा परम्परागत शक्तिलाई चुनौती दिँदै मेयर निर्वाचित भएकाले उनलाई यस सूचीमा राखेको उल्लेख गरेको छ । इन्जिनियरिङ पृष्ठभूमि भएका ३३ वर्षीय शाहले काठमाडौंको फोहोर व्यवस्थापन र सहरी सुदृढीकरणमा चालेका कदमहरूको पनि चर्चा गरिएको छ ।

​म्यागेजिनले उनको आक्रामक चुनावी अभियान र सामाजिक सञ्जालको प्रभावलाई मुख्य आधार बनाएको छ । शाहको एउटा चर्चित भनाइलाई उद्धृत गर्दै टाइमले लेखेको छ, “पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए । नेपालीहरू अहिले बालेनले आफ्नो उक्त स्टाटसलाई कार्यशैलीमार्फत गलत साबित गर्ने प्रतीक्षामा छन् ।”

​काठमाडौं महानगरको नेतृत्व सम्हालेपछि शाहले सार्वजनिक सम्पत्तिको संरक्षण र अनधिकृत संरचना हटाउने अभियान सुरु गरेका थिए, जसले उनलाई राष्ट्रिय राजनीतिमा पनि चर्चाको शिखरमा पुर्‍याएको छ ।

​टाइम म्यागेजिनले प्रत्येक वर्ष विश्वभरका विभिन्न विधामा क्रियाशील सय प्रभावशाली उदीयमान व्यक्तिहरूको सूची ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गर्दै आएको छ । यसअघि नेपालबाट उक्त सूचीमा कोही पनि परेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार