समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबिच सडकमै झडप

काठमाडौँको माइतीघर मण्डलमा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच सार्वजनिक स्थलमै कुटपिट र हातहालाहाल भएको छ । सुधन गुरुङको पुनर्बहालीको माग गर्दै शोभा पाठक र रश्मिला धामी लगायतका युवतीहरू धर्नामा बसिरहेको स्थानमा अम्बिका बस्नेत दलबलसहित पुगेपछि दुई पक्षबिच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा दुवै महिलाबिच भुतलाभुतल र भौतिक आक्रमण भएपछि माइतीघर क्षेत्र केही बेर तनावग्रस्त बनेको थियो ।

​घटनालगत्तै प्रहरीले हस्तक्षेप गरी झगडा छुट्याएको थियो भने थप अनुसन्धान र सोधपुछका लागि अम्बिका र शोभा दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दुवै पक्षलाई परिसरमा ल्याइएको र घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको जानकारी दिनुभएको छ । यसअघि पनि शोभा पाठकले महेश बस्नेतलाई कारबाही गर्नुपर्ने मागसहित आमरण अनसन र प्रदर्शन गर्दै आएकी थिइन् भने आजको घटनालाई सोही पुरानो विवादको उग्र रूप मानिएको छ ।

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)