नरेन्द्र क्षेत्री कलकत्त ।भारतको माथिल्लो सदन राज्यसभामा एक अप्रत्याशित राजनीतिक मोड आएको छ। आम आदमी पार्टी (आप) का १० मध्ये ७ जना सांसदहरू भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्, जसलाई राज्यसभाका सभापति सी.पी. राधाकृष्णनले आधिकारिक रूपमा मान्यता दिनुभएको छ। यो विलयसँगै राज्यसभामा भाजपाको सिट संख्या १०६ बाट बढेर ११३ पुगेको छ भने आम आदमी पार्टी अब केवल ३ सांसदमा सीमित भएको छ। पाला बदल्ने सांसदहरूमा राघव चड्ढा, हरभजन सिंह, स्वाती मालीवाल, अशोक कुमार मित्तल, सन्दीप कुमार पाठक, विक्रमजीत सिंह साहनी र राजिन्दर गुप्ता रहेका छन्।

​सांसदहरूको यो दलबदलसँगै सत्ताधारी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को राज्यसभामा कुल संख्या १४८ पुगेको छ, जसले सरकारलाई सदनमा महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सहज बनाउने देखिएको छ। अब आम आदमी पार्टीको तर्फबाट सदनमा सञ्जय सिंह, नारायण दास गुप्ता र सन्त बलबीर सिंह मात्र बाँकी रहेका छन्। दल-बदल विरोधी कानुनको १० औं अनुसूची अनुसार कुनै पनि दलका दुई-तिहाइ सदस्यहरू अर्को दलमा सामेल भएमा उनीहरूको पद खारेज नहुने प्रावधान रहेकाले यो राजनीतिक ध्रुवीकरण सम्भव भएको हो। यसअघि सन् २०१९ मा पनि तेलगु देशम पार्टीका सांसदहरूले यसरी नै भाजपामा विलय गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार