झापा– झापाको झापा गाउँपालिका–१ सालमाराबाट प्रहरीले ठुलो परिमाणमा अवैध स्याउ बरामद गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्नका लागि लुकाइछिपाई राखिएको अवस्थामा ८ लाख ४० हजार रुपैयाँ बराबरको स्याउ बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो स्थानीय जालिम मियाको घरमा छापा मारेको थियो। घरमा जाँच गर्दा बिल विजक नभएको २०८० केजी (१०४ कार्टुन) स्याउ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त स्याउलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय सीमा क्षेत्रमा खाद्यान्न तथा फलफूलको अवैध ओसारपसार बढेपछि प्रहरीले सक्रियता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















