झापा, वैशाख १९। झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुद्धशान्ति–१ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकाललाई पक्राउ गरेको हो।

​शनिबार राति करिब साढे ८ बजे बुधबारे बजार क्षेत्रमा मे २ प २८३६ नम्बरको होन्डा साइन मोटरसाइकलमा सवार ढकाललाई शंका लागेर इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले चेकजाँच गरेको थियो। त्यस क्रममा उनले मलद्वारभित्र प्लास्टिकमा पोको पारेर लुकाएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकसहित ३ ग्राम २२० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिस्याइलो पदार्थ बरामद भएको छ।

​पक्राउ परेका ढकाल र उनले प्रयोग गरेको मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। ai तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार