​झापा । झापा गाउँपालिका क्षेत्रभित्रका करदाताहरूले अब स्थायी लेखा नम्बर (प्यान) र करचुक्ता प्रमाणपत्र लिन आन्तरिक राजस्व कार्यालय भद्रपुर धाइरहनु नपर्ने भएको छ। नेपाल सरकारको मिति २०८२/०७/१७ को निर्णय बमोजिम आन्तरिक राजस्व कार्यालयले प्रदान गर्दै आएका विभिन्न सेवाहरू अब गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुने गरी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

​यस समझदारीसँगै अब झापा गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूले व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) र गाउँपालिकामा दर्ता भएका व्यवसाय तथा निकायहरूले व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) स्थानीय तहबाटै प्राप्त गर्न सक्नेछन्। साथै, करदाताहरूले करचुक्ता प्रमाणपत्र लिन र आफ्नो दर्ता सम्बन्धी विवरणहरू संशोधन गर्नुपरेमा आवश्यक कागजात र प्रमाण भिडान गरी सोही स्थानबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ।

​यसअघि सामान्य कामका लागि पनि सदरमुकाम भद्रपुर पुग्नुपर्ने बाध्यता रहेका झापा गाउँपालिकाका बासिन्दा र व्यवसायीहरूलाई यो निर्णयले ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ। संघीयताको मर्म अनुसार स्थानीय स्तरमै प्रशासनिक सेवाको पहुँच पुर्‍याउँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कर प्रशासनलाई थप व्यवस्थित र सुलभ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार