काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिस्रीको आगामी बैशाख २८ देखि तय भएको दुई दिने नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भेटवार्ताका लागि समय नदिएपछि भारतीय पक्षले भ्रमण रद्द गरेको बुझिएको छ। भारतीय पक्षले औपचारिक रूपमा विदेश सचिवको व्यस्ततालाई कारण देखाए पनि काठमाडौँस्थित कूटनीतिक वृत्तमा भने प्रधानमन्त्री शाहको कडा अडान र लिपुलेक विवादलाई यसको मुख्य कारण मानिएको छ।

प्रधानमन्त्री बालेन शाहले कुनै पनि विदेशी दूत वा कर्मचारी तहका कूटनीतिज्ञसँग सिधा भेटवार्ता नगर्ने र राष्ट्रप्रमुख वा परराष्ट्रमन्त्री तहका अधिकारीसँग मात्रै औपचारिक संवाद गर्ने नीति लिएका छन्। भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट बालेन शाहलाई नयाँ दिल्ली भ्रमणको औपचारिक निमन्त्रणा दिन विदेश सचिव मिस्रीलाई पठाउन चाहेको भए पनि शाहले भेटका लागि रुचि नदेखाएपछि भ्रमण प्रभावित भएको हो।

यसबाहेक लिपुलेक क्षेत्रलाई लिएर भारत र चीनबीच भएको पछिल्लो समझदारीप्रति पनि बालेन शाह नेतृत्वको सरकारले कडा असन्तुष्टि जनाउँदै आएको छ। नेपालका मन्त्रीहरूले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्न भेटका लागि आग्रह गरे पनि शाहले आफ्नो अडान नछोडेपछि प्रस्तावित भ्रमण अन्ततः रद्द हुन पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार