युवाहरूले आत्मदाह गर्न थालेका छन्
जनताहरू आन्दोलनमा तात्न थालेका छन्।
सुकुम्बासी भोकै प्यासै रुँदै बस्ने गर्छन्
प्रधानमन्त्री मौनतामा दिन काट्ने गर्छन्

सरकारले नियम कानुन कडा गरी लाउँदा
ज्यानै फाल्न थाले युवा आर्थिक अभाव हुँदा
लाइसेन्स साथमा नहुने चाहिँ थरथराउन थाले
डिजेल पेट्रोल भाउ बढेर छटपटाउन थाले

सारिएका सुकुम्बासी बिजोग भएकाछन्
बालबालिका रुँदा रुँदै त्यसै निदाउँछन्
गरिब र सर्वहारा फाइन सुन्दाखेरि
दुर्घटना र मानसिक रोग थपिँदै छ फेरि
गाउँ सहरमा फर्कि हेर्दा लागू पदार्थ र
दुर्व्यसन झन् बढ्न थाल्यो के यो राम्रो हो र ?
खोई कसरी शान्ति छाउँछ अशान्ति भो देशमा
परिवारमा पीडा थप्यो अनि समाजमा

शान्ता उप्रेती
सम्स्कारा शिक्षा सदन
हल्दीबारी -१