समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

दाङमा नेकपा उम्मेदवार विमलाको अग्रता बढ्दो

काठमाडौं– दाङ ३ (ख) मा भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विमला कुमारी खत्रीले अग्रता बढाइरहेकी छिन्। शुरुवातदेखि नै मतान्तर बढाएकी उनले अहिले पछिल्लो अपडेटअनुसार उनी प्रतिद्वन्द्वीभन्दा अघि बढेकी छिन्।

Advertisement

बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले विमलाले ३ हजार ९१३ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत ल्याएका छन्।

Advertisement

उनले जारी अवस्थामा खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन्। यो क्षेत्रमा तत्कालीन एमालेबाट विजयी भएका उत्तरकुमार ओलीको दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article