समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।

Advertisement

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। संक्रमितमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article