हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापामा अवैध सामान र दुई वटा सिटी सफारी सशस्त्र प्रहरीको नियन्त्रणमा

भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका लत्ताकपडा तथा विभिन्न इलेक्ट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारीलाई झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

​मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा साउन २१ गते अपराह्न सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याकुरेलको कमाण्डमा खटिएको गस्ती टोलीले जाँचका क्रममा उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।

Advertisement

​सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर, झापाका अनुसार बरामद गरिएका सवारी साधन र सामानलाई आवश्यक कारबाहीका लागि साउन २२ गते भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयले बरामद सामानको मूल्य ५ लाख ४५ हजार ६ सय ५० रुपैयाँ कायम गरेको छ।

​सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले सीमा क्षेत्रमा हुने अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप कडा बनाइने बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)