हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

नृत्य निर्देशक संघ नेपालको ११ औं स्थापना दिवस: रक्तदान तथा लोगो गीत लोकार्पण गरी सम्पन्न

काठमाडौ / नृत्य निर्देशक संघ नेपाल आफ्नो ११औं स्थापना दिवसको अवसरमा  रक्तदान कार्यक्रम गरि सम्पन्न गरिएको छ । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एव नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष समेत रहनु भएका प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement


कार्यक्रमका सभापतिमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले गर्नुभएको साे कार्यक्रममा ९४ वर्षका नृत्यदेव भैरबबहादुर थापाले  बिशेष अतिथिको आतिथ्यता गर्हण गर्नुभएको थियो भने अतिथिहरूमा क्रमशः वरिष्ठ संगीतकार,संगीत संयाेजक एवं गायककार जीवित जल्मी,केन्द्रीय रक्त सञ्चार सेवा समितिका निर्देशक पवनकुमार गुप्ता, कमल राई,राजु शाह,चन्द्रमान मुनिकार,जाेगेन्द्र के.सी. र आर.सी. काेइराला रहनुभएकाे थियो ।

Advertisement


शारदा साेती शर्माबाट स्वागत गरिएको साे कार्यक्रमकाे सहजिकरण देवराज गुरूङले गर्नुभएको थियो । नृत्य निर्देशक संघ नेपालकाे हालसम्म लाेगाे गीत तयार नभइरहेकाे अवस्थामा आज संघकाे ११औं स्थापना दिवसकाे अवसरमा लाेगाे गीत लाेकार्पण गरि कार्यक्रम विशेष आकर्षण र ऐतिहासिक बन्न पगेकाे थियो ।

नृत्य निर्देशक संघ नेपाल लाेगाे गीत !

नृत्य सिकाउनेहरूकाे यो साझा थलाे हाे
निर्देशक बन्न निरन्तरता दिनेहरूकाे
संघमा आबद्ध भई संगठित हुनेहरूकाे
नेपाल देश नेपाली साझा फूलबारीकाे
नृत्य भावबाट संस्कृति बचाउनेहरूकाे
नृत्य हाम्रो अभिमान यही हाे हाम्रो शान
याे हाे , याे हाे ,यो हाे , यो हाे !
नृत्य निर्देशक संघ नेपाल नृत्य निर्देशक संघ नेपाल
जय डीडान जय डीडान जय डीडान जय डीडान

संगीत/स्वर : जीवित जल्मी
रचना : प्रेमसागर कर्माचार्य

साेही समारोहमा प्रमुख अतिथिद्वारा नृत्यदेव भैरवबहादुर थापालाई र वरिष्ठ संगीतकार,संगीत संयाेजक एवं गायककार जीवित जल्मीलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान जाहेर गरिएको थियोे । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथिलाई पनि कार्यक्रमका सभापतिद्वारा मायाकाे चिनाे प्रदान गरि सम्मान व्यक्त गरिएको थियो । साथै प्रमुख अतिथिबाट रक्तदान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र सम्मान स्वरूप प्रदान गरिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)