साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता:”ह्राम्रो अस्त्तित्व ” -पि, बी, बिरही

लिपुलेक साटियो
लिम्पियाधुरा
टनकपुर,सुस्ता साटियो,
गण्डक ,महाकालि
अनि कालापानी साटियोहा
पैसाको बिटो सँग।
अनि सत्ताको लिटोसँग।
हिमाल बेचिँदैछ
पहाड ,अनि तराई बेचिँदैछ
तिनै बेच्नेहरु भन्छन्,
सिमा मिचिँदैछ।
म भन्छु
सिमा मिचेको होइन बेचेको हो ।
कहिले पैसाको बिटोसँग
कहिले सत्ताको लिटोसँग।
प्रत्येक पटक
सत्ता हत्याउन
जङ्गे पिलर बेचिएको छ।
जनता सकिएको देशमा
कार्यकर्ता मात्रै बाँकि छन्,।
काङ्ग्रेस जिन्दावाद भनियो
एमाले ,माओवादी
राप्रपा ,फोरम
अन्य सबैसबै
जिन्दावाद भनियो ।
फगत जनतालाई
हात्ती आयो,हात्ती आयो फुस्सा
मानौ
मेरो देश देश होइन
वेश्यालय बनेको छ।
यहाँ आफ्नि आमाको जवानी बेचेर
कमाउनेहरु छन्,
मातृभूमि बेचेर
सत्तामा रमाउनेहरु छन्,।
आज देश
वेश्यालय बनाइएको छ
र दुष्ट छिमेकीलाई बुझाइएको छ
कहिले पैसाको बिटोसँग
कहिले सत्ताको लिटोसँग ।
संसद भवनमा कुर्सी बझार्नेहरु
देश दुख्यो भन्दै
गोहिका आँसु झार्नेहरु
तिमी नै हौ
यो देश बेच्ने नरपिशाचहरु
सात सालदेखि सतहत्तर सालसम्म
देशले के पायो रु
के(के गुमायो रु
प्रजातन्त्र
पञ्चायत
बहुदल
राजतन्त्र
गणतन्त्र
लोकतन्त्र
तर देशले जे जति पायो
सबै आफ्नो अस्मिता गुमायो ।
कहिले पैसाको बिटोसँग
कहिले सत्ताको लिटोसँग।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article