हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारीमा युवाहरूको अग्रसरतामा मङ्गलबारे बजार सरसफाइ

अभिषेक खतिवडाहल्दिबारी (झापा)— झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मङ्गलबारे बजारमा युवाहरूको अग्रसरतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

​मङ्गलबारे बजार व्यवस्थापन समितिको अगुवाइ तथा स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजित अभियानअन्तर्गत बजार क्षेत्रका सडक, नाली तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको हो ।

Advertisement

​पछिल्लो समय बजार विस्तारसँगै प्लास्टिकजन्य तथा अन्य फोहोरको अव्यवस्थित विसर्जनका कारण मङ्गलबारे बजार दुर्गन्धित बन्दै गएपछि युवाहरूले यो पहलकदमी लिएका हुन् ।

​स्थानीय बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अभियानलाई निरन्तरता दिनुका साथै फोहोर व्यवस्थापनमा स्थानीयवासी, व्यवसायी तथा सम्बन्धित निकाय सबैको जिम्मेवार सहभागिता हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)