हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ घण्टा अगाडि

इटहरीमा मोटरसाइकल दुर्घटना: सिडिओका स्वकीय सचिव रेग्मीसहित दुई जनाको मृत्यु

सुनसरी। इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ।

Advertisement

​मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। मृतक रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) का स्वकीय सचिवका रूपमा करारमा कार्यरत थिए। अर्का मृतक थापा पनि केही समयअघिसम्म सोही कार्यालयमा करारमा कार्यरत रही हालै राजीनामा दिएका व्यक्ति हुन्।

Advertisement

​इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमामा पर्ने कल्भर्टमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

​शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

​घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)