हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ देशमा पुग्यो

झापा , ९ असोज । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भई विश्वका १८७ देशमा पुगेको छ।

Advertisement

​संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसावीले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

Advertisement

​हस्ताक्षर समारोहअघि भएको भेटवार्तामा दुवै देशका मन्त्रीहरूबीच पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिबारे जानकारी गराएका थिए।

​भेटमा दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ क्षेत्रहरूको खोजी गर्दै दुई देश र नागरिकको साझा प्रगति एवं समृद्धिका लागि सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)