झापा । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। आइतबार बिहानै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

कार्यालयका अनुसार जबरालाई बिहानै निवासबाट नियन्त्रणमा लिइए पनि उनलाई कुन अभियोग वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

२०७५ पुस १७ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको थियो। महाअभियोग दर्तापछि उनी निलम्बनमा परेका थिए।
यसैबीच, जबरालाई मध्यरात वा बिहानै पक्राउ गरिनुको कारणबारे स्पष्ट विवरण नआए पनि ‘जेनजीको थ्रेट’ लाई कारण देखाइएको दाबीसमेत सार्वजनिक भएका छन्। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
