हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

झापा–३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा हल्दीबारीका शाह र कन्दङमासहित चार जना सर्वसम्मत

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ बाट हल्दीबारी गाउँपालिकाका नितिशकुमार शाह र लालबहादुर कन्दङमासहित चार जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

Advertisement

​हल्दीबारी गाउँपालिका–४ निवासी शाह मधेसी समानुपातिक कोटाबाट र हल्दीबारी–३ का कन्दङमा अपाङ्गता क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्।

Advertisement

​यसैगरी कचनकवलका ग्याँस अजमर मिया मुस्लिमतर्फ र भद्रपुर नगरपालिकाका अजय साहेवाला मधेसी (खुला) तर्फबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

​सर्वसम्मत निर्वाचित शाह, कन्दङमा, मिया र सायवालाले कांग्रेसको आगामी १५औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ को प्रतिनिधित्व गर्नेछन्। स्थानीय तहदेखि नै पार्टी संगठनमा निरन्तर क्रियाशील रहँदै आएका यी नेताहरूको सर्वसम्मत चयनलाई क्षेत्रभित्र समावेशी तथा सन्तुलित प्रतिनिधित्वको सकारात्मक सन्देशका रूपमा लिइएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)