हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

भारतको ठाकुरगञ्जमा कारको ठक्करबाट भद्रपुरका विजय सिंहको मृत्यु

झापा । भारतको किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्जमा car को ठक्करबाट झापा भद्रपुरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

Advertisement

​सोमबार दिउँसो ठाकुरगञ्ज प्रहरी चौकी क्षेत्रको रेलवे ओभरब्रिजनजिकै रहेको राधे इन्टरनेशनल होटल छेउमा तीव्र गतिमा आएको स्विफ्ट डिजायर कारले प्र-१-०१-०१६ प ८३७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भद्रपुर नगरपालिका–३, महेशपुर निवासी ५६ वर्षीय विजय सिंहको मृत्यु भएको हो।

Advertisement

​सोमबार ठाकुरगञ्जमा हटिया (बजार) लाग्ने भएकाले सिंह किनमेलका लागि मोटरसाइकल चढेर त्यता गएका थिए। सामान खरिद गरी घर फर्कने क्रममा सिलिगुडीतर्फबाट आउँदै गरेको कारले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको जनाइएको छ।

​दुर्घटनालगत्तै गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि ठाकुरगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

​घटनापछि कारमा सवार व्यक्तिहरू सवारी साधन छाडेर फरार भएका छन्। घटनास्थल पुगेको भारतीय प्रहरीले दुर्घटनाग्रस्त कार र मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनाबारे जानकारी पाएपछि मृतकका भाइ ढकारु राय स्वास्थ्य केन्द्र पुगेका छन्।

​दुर्घटना गराएर फरार रहेका कार चालकको पहिचान तथा खोजी कार्य भइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीयले जनाएका छन्। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)