हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

अविरल वर्षा र बाढी पहिरो : पूर्वाधार मर्मत र राहत वितरणमा जुट्यो सरकार

झापा । अविरल वर्षाका कारण प्रभावित भएका नागरिकको सुरक्षित व्यवस्थापन तथा क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउन सरकारले तीव्रता दिएको छ। असोज ८ गतेदेखि सुरु भएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङजस्ता ५१३ वटा विपद्का घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना बेपत्ता छन्। यी घटनाबाट १ हजार ६५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

Advertisement

​बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग र सडकखण्डका १४७ स्थानमा क्षति पुर्‍याएकोमा सरकारी संयन्त्र परिचालन गरी १२५ स्थानको अवरोध हटाई यातायात सञ्चालनमा ल्याइएको छ। बाँकी स्थानमा पनि मर्मत कार्य द्रुत गतिमा भइरहेको छ।

Advertisement

​यस्तै, कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरका राष्ट्रिय प्रसारण लाइन प्रभावित हुँदा कुल १ हजार १३ दशमलव २ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको थियो। तीमध्ये सेती/मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आइसकेका छन्।

​भत्किएका दूरसञ्चार पूर्वाधार पुनःनिर्माणको काम पनि अघि बढेको छ। नेपाल टेलिकमका सेवा अवरुद्ध भएका १ हजार १३२ टावरमध्ये ७८२ वटा र एनसेलका १६२ टावरमध्ये १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।

​बाढी–पहिरो प्रभावित नागरिकलाई स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरी राहत वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)