हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

‘जेन-जी’ आन्दोलनका सहिद परिवार र घाइतेको जिल्लागत प्रोफाइल बनाइँदै

भद्रपुर (झापा) — झापा जिल्ला प्रशासन कार्यालयले ‘जेन-जी (Gen-Z)’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको जिल्लागत प्रोफाइल तयार गर्ने कार्य अघि बढाएको छ।

Advertisement

​नेपाल सरकार मन्त्रिपरिषद्‌‌बाट गत असार १८ गते स्वीकृत “जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका लागि पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज” मा समावेश २४ बुँदे कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रोफाइल संकलन थालिएको हो।

Advertisement

​जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म २ सहिद परिवार र ४० जना घाइतेहरू सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये ३७ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट २८ जना घाइतेको अवस्थाअनुसार वर्गीकरणसमेत भइसकेको छ।

​सरकारले घोषणा गरेको नि:शुल्क स्वास्थ्य उपचार, नि:शुल्क शिक्षा, रोजगारीलगायतका राहत कार्यक्रमलाई घाइते तथा सहिद परिवारको वास्तविक माग र आवश्यकतासँग जोड्न अनलाइन फार्ममार्फत विवरण अध्यावधिक गर्ने काम भइरहेको छ। उक्त प्रोफाइलमा व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षाजस्ता चार प्रमुख क्षेत्रगत विवरणहरू समेटिनेछन्।

​सहिद परिवार र घाइतेको प्रोफाइल तयार भएपछि राहत प्याकेजको कार्यान्वयन र अन्तरनिकाय समन्वय थप प्रभावकारी हुने विश्वास लिइएको छ।

​प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्रोफाइल निर्माण कार्यका लागि हालसम्म सम्पर्कमा नआउनुभएका ‘जेन-जी’ आन्दोलनका घाइतेहरूलाई यथाशीघ्र जिल्ला प्रशासन कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरिएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)