हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारी ३ मा ५० प्रतिशत साझेदारीमा विद्युतीय चुलो वितरण

अभिषेक खतिवडा । हल्दिबारी (झापा)—झापाको हल्दिबारी गाउँपालिका वडा नं. ३ ले नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्दै ५० प्रतिशत साझेदारीमा १२० वटा विद्युतीय चुलो वितरण गरेको छ।

Advertisement

​वडा कार्यालयले सार्वजनिक सूचना आह्वान गरी परेका निवेदनका आधारमा ५० वटा इन्फ्रारेड र ७० वटा इन्डक्सन चुलो खरिद गरी वितरण गरेको हो।

Advertisement

​चुलो वितरण गर्दै वडा अध्यक्ष विष्णु प्रसाद ओलीले स्थानीय तहका कार्यक्रम नागरिकको वास्तविक आवश्यकता सम्बोधन गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले नागरिकको आवश्यकता पूरा गर्नु स्थानीय सरकार र समुदायको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।

​कार्यक्रममा वडा सदस्यहरू कर्ण भण्डारी, अजितकुमार बिष्ट र कमला ढुङ्गेलका साथै लाभान्वित नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। वडा अध्यक्ष ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव राजन खतिवडाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)