झापा । नेपालको सबैभन्दा होचो भूभाग कचनकवल गाउँपालिकाको मुटु बनियानीमा केन्द्रीय कार्यालय रहेको बनियानी युवा परिवार क्लबको तेस्रो अधिवेशनले धनबहादुर तामाङको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

शनिबार (असोज १७ गते) सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति, लेखा समिति र सल्लाहकार समिति गठन गरेको हो।

निर्वाचन मण्डलका संयोजक शिवप्रसाद गुरुङ तथा सदस्यद्वय कुलबहादुर कार्की र हरि बस्नेतको रोहवरमा सम्पूर्ण समिति तथा पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।
नवगठित कार्यसमितिको उपाध्यक्षमा लेखनाथ दाहाल र डिल्लीराम भट्टराई चयन भएका छन्। सचिवको जिम्मेवारी प्रदीप (सरोज) लामिछानेले पाएका छन् भने उपसचिवमा मदन (श्याम) घिमिरे र निर्मल दाहाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा कमल घिमिरे चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा प्रकाश राजवंशी, वसन्त खड्का, सन्तोष लिम्बू, विष्णु मुखिया, सुरेस अधिकारी, सन्तोष श्रेष्ठ, मदनबहादुर खत्री र नारायण नेपाल रहेका छन्।
अधिवेशनले खगेन्द्र पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ। जसको सदस्यहरूमा सोम चम्लागाईं र नवीन मैनाली रहेका छन्।
यसैगरी, क्लबको सल्लाहकार समितिको संयोजकमा कुलबहादुर कार्कीलाई चयन गरिएको छ। सल्लाहकार सदस्यहरूमा शिवप्रसाद गुरुङ, दिलबहादुर कार्की, विष्णु घिमिरे, दिलीप राई, कृष्ण थापा र कालीबहादुर लिम्बू रहेका छन्। क्लबको संरक्षकमा भने हरि बस्नेतलाई मनोनीत गरिएको छ।
कार्यक्रममा स्थानीय प्रतिनिधि तथा समाजसेवीहरूले नवनिर्वाचित कार्यसमिति, लेखा समिति र सल्लाहकार समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय बनियानी युवा परिवार क्लबले आगामी दिनमा युवा सशक्तिकरण र स्थानीय विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखिएको छ।
