स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काठमाडौं महानगरका ३१ जना कर्मचारीमा आरडीटी परीक्षण पोजेटिभ

काठमाडौं,काठमाडौंमा र्‍यापिड डाइगोनेस्ट टेस्ट गर्दा ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । शुक्रबार काठमाडौं महानगरपालिकामा काम गर्नेहरुमा गरिएको र्‍यापिड डाइगोनेस्ट परिक्षणमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार काठमाडौं महानगरपालिकामा सफाइ गर्ने कर्मचारीमा गरिएको र्‍यापिड डाइगोनेस्ट परिक्षणमा ३१ जनामा पोजेटिभ देखिएको हो ।

Advertisement

आज मात्र ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको बज्राचार्यले जानकारी गराएका हुन् । आज ६ सय ६४ जनाको आडीटी विधिबाट र २ सय ७० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article