हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

प्रवासी नेपाली मञ्च मलेसियाको तेस्रो अधिवेशन आइतबार, तयारी पूरा

क्वालालम्पुर (मलेसिया)— प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (एमाले) को भातृ संगठनका रूपमा प्रवासमा क्रियाशील मञ्चले आगामी अक्टोबर ११ गते (आइतबार) क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा अधिवेशन आयोजना गर्न लागेको हो।

Advertisement

​अधिवेशन दिउँसो १ बजेबाट सुरु हुनेछ। कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको मञ्चका अध्यक्ष दयाराम कुमालले जानकारी दिए। उनका अनुसार मञ्चका उपाध्यक्ष डिल्ली न्यौपानेलगायत पदाधिकारी तथा सदस्यहरू अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित बनाउन खटिएका छन्।

Advertisement

​अध्यक्ष कुमालले मलेसियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्। निमन्त्रणा पत्र प्राप्त भइसकेका र प्राविधिक कारणले छुट्न गएका सबैलाई कार्यक्रममा सहभागी भइदिन उनले अपिल गरे।

​त्यस्तै, मञ्चका उपाध्यक्ष न्यौपानेले अधिवेशनलाई मलेसियामा रहेका नेपाली समुदायबीचको एकता, सहकार्य र आपसी समन्वयलाई थप मजबुत बनाउने अवसरका रूपमा व्याख्या गरे। “प्रवासमा रहेका नेपालीको हित र सामाजिक सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा मञ्चलाई अझै सक्रिय र प्रभावकारी बनाएर लैजाने हाम्राे लक्ष्य छ,” न्यौपानेले भने।

​हाल प्रवासी नेपाली मञ्च मलेसियामा २४५ जना संगठित सदस्य रहेको मञ्चले जनाएको छ। मञ्चको दोस्रो अधिवेशन तीन वर्षअघि सम्पन्न भएको थियो। वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा मलेसियामा रहेका नेपालीहरूबीच संगठनात्मक समन्वय र सामाजिक सहकार्यमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)