हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

शिवसताक्षीमा जेष्ठ नागरिक सम्मान तथा लागूऔषध न्यूनीकरणसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

शिवसताक्षी (झापा) — शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित शिव मन्दिर परिसरमा जेष्ठ नागरिकको सम्मान, पुस्तान्तरण र लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी एक दिने साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

​’हाम्रो संस्था चेतना नेपाल’को प्राविधिक सहयोग तथा शिवसताक्षी वडा नं. ७ जेष्ठ नागरिक समाजको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जेष्ठ नागरिकको महत्त्व, समाजमा उहाँहरूको भूमिका, युवापुस्तामा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरणका उपायका साथै मन्दिर व्यवस्थापन र सत्सङ्गसम्बन्धी विषयमा विशेष अन्तरक्रिया तथा साक्षरता प्रदान गरिएको थियो।

Advertisement

​शिवसताक्षी–७ जेष्ठ नागरिक समाजका अध्यक्ष देवीप्रसाद चापागाइँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक नगर अध्यक्ष अम्बिका प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, सीप प्रशिक्षक लक्ष्मीप्रसाद चापागाइँ, सल्लाहकार देवीप्रसाद दङ्गाल, नगर सल्लाहकार रुद्रमणि पौडेल र कृष्णबहादुर कार्कीलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

​चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली र जेष्ठ नागरिक नगर अध्यक्ष अम्बिका प्रसाद अधिकारीले संयुक्त रूपमा सहजीकरण गर्नुभएको कार्यक्रममा खगेन्द्र तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कुलप्रसाद दवाडीले गर्नुभएको थियो।

​स्थानीयस्तरमा जेष्ठ नागरिकप्रतिको सम्मान अभिवृद्धि गर्न र युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन यो कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको आयोजकले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)