हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दीबारीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईलाई स्वागत

झापा। हल्दीबारी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईलाई गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले स्वागत गरेका छन्।

Advertisement

​साबिकका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्र सरुवा भई गएपछि रिक्त रहेको पदमा पौवादुङमा गाउँपालिकाबाट सरुवा भएर आएका भट्टराईलाई गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वागत गरिएको हो। भट्टराईले पौवादुङमा गाउँपालिकामा साढे चार वर्ष प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए।

Advertisement

​लामो समय स्थानीय तहको प्रशासनिक नेतृत्व सम्हालेका भट्टराई भोजपुरबाट झापाको हल्दीबारी आएका हुन्। यसअघि उनले इटहरी उपमहानगरपालिकालगायत विभिन्न स्थानीय तहमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका छन्।

​पदभार ग्रहण गरेलगत्तै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले पालिकाभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई इमानदार भएर समयमै सर्वसाधारणका काम सम्पादन गर्न निर्देशन दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)