समाचार
हल्दिबारी संवाददाता २१ मिनेट अगाडि

झापामा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान र अटो बरामद

झापा, २८ कात्तिक । झापाको मेचीनगरबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको रु ५ लाख ६१ हजारभन्दा बढी मूल्यको सामान र एउटा अटो प्रहरीले बरामद गरेको छ।

​सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले मेचीनगर नगरपालिका–११ स्थित धाइजन क्षेत्रमा उक्त सामान बरामद गरेको हो। भारतबाट भन्सार छली गरी अटोमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अटो र त्यसमा लोड गरिएका लत्ताकपडा तथा भाँडावर्तन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

​बरामद गरिएका सामान र अटोसहितको कुल अनुमानित मूल्य रु ५ लाख ६१ हजार ४०० रहेको छ। नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीहरू आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)