नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावरलगायत दुवै देशका कूटनीतिक नियोगका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी तथा उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
