झापा । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, द्विपक्षीय छलफल र सहमतिबारे राष्ट्रपतिलाई विस्तृत रूपमा ‘ब्रिफिङ’ गरेका थिए।
सोही अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा अन्य समसामयिक विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
विदेश भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्रीले राष्ट्रप्रमुखलाई भ्रमणको उपलब्धिबारे औपचारिक जानकारी गराउने संवैधानिक तथा कूटनीतिक प्रचलन रहँदै आएको छ।
