समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा शनिबार बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका ८२ वर्षीय भीमबहादुर खत्री गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी तरहराबाट खटिएको टोलीले घाइते खत्रीलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले शनिबार बिहान ६:२३ बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न बस तथा बस चालक धनकुटा नगरपालिका–२ घर भएका ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)