जुम्ला, मंसिर १२ — झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गुठिचौर गाउँपालिका–१ बस्ने अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्ने दाबी गरिएको भिडियो सार्वजनिक भएपछि सोही स्थानका अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकाया पक्राउ परेका हुन्।
२०८३ मंसिर १२ गते दिउँसो अन्दाजी १२ बजेको समयमा प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कालीबहादुरलाई थप कारबाही तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको