समाचार
हल्दिबारी संवाददाता २२ मिनेट अगाडि

मादक पदार्थ सेवनपछि कुटपिट गर्दा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका अन्दाजी ४० वर्षीय रमेश पाख्रिन रहेका छन्। उनले आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

गत मंसिर ११ गते राति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको जानकारी स्थानीयवासीमार्फत प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी चौकी फाखेल, मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुझ्दा रुकु पाख्रिन घरभित्रको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक विवरणअनुसार रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रुकु अचेत भएकी थिइन्।

मंसिर १२ गते बिहान अन्दाजी साढे १० बजे घटनाबारे थप जानकारी प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको प्रकृति बुझ्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेश पाख्रिनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)