नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इनरुवा नगर कमिटी श्रीमान नगर प्रमुख ज्यु इनरुवा नगरपालिका नगरकार्यपालिकाकोकार्यालय इनरुवा सुनसरी बिषय ः ज्ञापनपत्र समबन्धमा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा इनरुवा नगर कमिटीको २०७७ जेठ १८ गते आइतवार बसेको बैठकले इनरुवा नगरक्षेत्रमा कोरोना भाईरसको सक्रमण फैलिन नदिन भएका नियन्त्रणका प्रयासहरु र लकडाउनका अवधीमा दैनिक ज्यालादारी गरि जिविकोपार्जन गर्दै आएका समुदायलगायत सम्पुर्ण इनरुवावासीहरुका लागी स्थानिय तहको सरकारका अधिकारले इनरुवा नगरपालिकाबाट लकडाउन अवधीमा हालसम्म भए गरेका कार्यसम्पादनको समिक्षा गर्दै नगप्रमुख मार्फत इनरुवा नगरपालिका नगरकार्यपालिकाबाट निम्न बमोजिकको समस्यालाई सामाधान गर्ने गरि ठोस निती निमार्ण गर्न र निर्णय गर्न गराउन माग गर्दछौ ।
१) कोरोना भाईरस नियन्त्रण तथा समन्वय गर्न इनरुवा नगरक्षेत्रमा रहेका सरोकारवालाहरुको प्रतिनिधित्व रहने गरि उच्चस्तरिय समन्वय समिति गठन गर्न माग गर्दछौ ।
२) लकडाउन प्रभावित दैनिक रोजगारी गरि जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत स्वरुप ५० केजीका दरले खाद्यन्न वितरण गर्न ध्यानआकर्षण गराउदछौ ।
३) इनरुवा नगरपालिका भित्र क्वारेन्टाईनमा प्रयोग गर्न सकिने क्वारेन्टाईनका लागी आवश्यक सुविधा भएका भवनहरुको प्रयोग गरि ५ सय वेड क्षमताको क्वारेन्टाईटान ३ दिन भित्र स्थापना गरि सञ्चालन गर्न माग गर्दछौ ।
४) इनरुवा नगरक्षेत्रमा लकडाउन सुरु भएदेखि अग्रभागमा रहेर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, नगरपालिका तथा वडा कार्यालयका अत्यावश्यक सेवाका कर्मचारीहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरु, औषधी व्यवसायीहरु, खाद्यन्न बिक्रेताहरु, दुग्ध डेरी सञ्चालकरु लगायत कोरोनाको जोखिममा रहेका मानिसहरुको पिसिआर विधीबाट कोरोना परिक्षण गर्न माग गर्दछौ ।
५) इनरुवा नगरक्षेत्रमा रहेका सवै वडा टोल वस्तीहरु समटिने गरि पहिलो प्राथमिकतामा रोजगारीका लागी बाहिरबाट घर फर्कि आएका र सम्भावित जोखिम देखिएका आशंकित ३ हजार जना मानिसहरुमा पिसिआर विधिबाट कोरोना परिक्षण गर्न माग गर्दछौ ।
६) इनरुवावासी किसानहरुलाई खेती लगाउनका लागी आवश्यक मल बिउ अनुदान र निशुल्क वितरण गर्ने व्यवश्था मिलाईयोस ।
७) इनरुवावासीहरुबाट लिदै आएको एकिकृत सम्पती कर र खानेपानी शुल्क वापतको रकममा न्युनतम ६ महिनाको अवधीको कर छुट गरि कर मिनाहा गरियोस, ।
८) लकडाउन अवधीभरको विद्युत महसुलमा ७५ प्रतिशत छुटको व्यवश्था मिलाई विद्युत महसुलमा राहत प्रदान गरियोस ।
९) सुगर, प्रेसर, दम, थाइराइड, क्यान्सर, मुटुरोगी, मिर्गौलारोगी, मानसिक रोगीसहितका दिर्ध रोगको नियमित औषधी सेवन गरिरहेका गरिव, विपन्न समुदायका मानिसहरुलाई चिकित्सकको पुर्जा बमोजिम ६ महिनाको औषधी निशुल्क वितरण गर्ने व्यवश्था मिलाईयोस ।
१०) लकडाउन सुरु भएपछि इनरुवा नगरपालिकाबाट राहत, क्वारेन्टाईन व्यवश्थापन, औषधी उपचार, जनचेतना जगाउने कार्यमा गरिएको प्रचार प्रसार लगायतका आम्दानी र खर्चको विवरण प्रत्येक हप्ताको शुक्रवार शुक्रवार जनताप्रति सुशासन र पारदर्शीताका लागी जवाफदेही बन्न सार्वजनिक गर्ने व्यवश्था मिलाउन माग गर्दछौ ।
११) विश्वभरी फैलिएको कोरोना भाईरसको भाईरसको महामारी नियन्त्रणका लागी लकडाउनका समयमा जनताप्रति जवाफदेही हुने गरि जनताको समस्यालाई समाधान गर्न इनरुवा नगरपालिकाले गर्ने राम्रा कामहरु प्रति नेकपा इनरुवा नगरकमिटी र नेकपाबाट निर्वाचित जनप्रतिधिहरु, पार्टीका नेता, कार्यकर्ताहरु, समर्थक, शुभचिन्तक तथा इनरुवासीहरु सदैव साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।
गोपी ढकाल : इन्चार्ज , ओमकार दाहाल : सह ईन्चार्ज
तिर्थ अधिकारी :अध्यक्ष , तोया गिरि पोद्धार :सचिव