कमला भट्टराई- भद्रपुर/स्वर्गीय राजा बिरेन्द्र र तिनका स-परिवारलाई श्रद्धाञ्जली दिदै आजैका दिन “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को विस्तार गरियो । डा. मनोज मुक्ति “विवेक” को पहलमा गठित “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” मा रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको “नेपाल डेमोक्रेटिक पार्टी” पनि सामेल भएको छ, केही दिन पुर्व जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) मिलेर “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को घोषणा गरेका थिए !

अब “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को संगठन नेपाल के सबै 77 जिल्ला मै जबर्दस्त उपस्थिति भएको दावा गरिदैछ ! MCC खारेजी, गणतन्त्र र धर्म-निरपेक्ष खारेजी तथा हिन्दु राष्ट्र सहित राज संस्था पुनःस्थापना लगायत को विविध राजनीतिक माँग और उद्देश्य राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा पनि गरिएको छ ।

यसैक्रममा “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” द्वारा “राष्ट्र बचाउ अभियान” को पनि राष्ट्रब्यापी रुपमा संचालन गरिएको र यस मुहिम/अभियानमा व्यापक जन-समर्थन पनि प्राप्त भईरहेको छ ।साथसाथै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” ले सबै शोषित, अपहेलित, शासित, उपेक्षित वर्ग समुदाय क्षेत्र का आम मुक्तिकामी जनसमुदायलाई एकजुट हुन अपील पनि गरेका छन् ।

उनको भनाई छ कि नेपाल और नेपालीको अस्तित्व बचाउनु छ भने यी भ्रष्ट, देश-बेचुवा, आत्मसमर्पणवादी, लम्पसारवादी, लूटतान्त्रिक ब्यावस्था र शासन-सत्तालाई अपदस्त गर्नैपर्ने हुन्छ, नेपालमा “पूर्ण जनतान्त्रिक शासन ब्यवस्था स्थापित गर्नैपर्ने हुन्छ” र यस महान कार्यमा सम्पूर्ण आम नेपालीलाई एकजुट भएर लडनै पर्ने देखिएको छ, किनभने यो “राष्ट्र, राष्ट्रियता, पहिचान, धर्म, संस्कृति बचाउने लडाई हो” !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार