कमला भट्टराई- ,झापा/छोरी लिन गएका रमजान मिया सहित ३० जना नेपालीलाई भारत प्रशासनले कोरोना फैलाउने भन्दै त्यहाको क्राइमब्रान्च पुलिसले मुद्दा चलाएको छ ।

रमजान मिया उनी मार्च ३० गते भारत गएका थिए । गोर्खा जिल्लाका रमजान मिया उनी आफ्नो छोरी आईशा खातुन देउबन्द सहारनपुर यु पी को मद्रसा पढिरहेकी छोरीको बिदा भएपछि लिन भारत गएका थिए । छोरीलाई बिद्यालयले तपाई छोरीलाई भोलि लिन आउनु भनेपछि उनी त्यहाबाट दिल्लीको निजामुद्दिन मर्कजमा बस्न गएका थिए । अप्रिलबाट भारत र नेपाल दुबै देशमा एकै पटक लकडाउन भएपछि उनी मर्कजमै थुनिएका थिए ।

भारतका मिडियाले निजामुद्दिन मर्कज र त्यहाका धार्मिक मुस्लिम समुदायप्रति कोरोना फैलाउने आरोप लगाउदै नेपालबाट पनि कोरोना बम बनाएर भारत पठाउदै छ भन्ने बिभिन्न आरोप लगाउदै आएका थिए । अहिले उनिहरुलाई दिल्लीको एक अपार्टमेन्टमा राखेर मुद्दा चलाउदा पनि दिल्ली स्थित नेपाली दुताबास भने मौन रहेको छ ।

६५ दिनदेखि उनीहरु बन्धक भएर बसिरहेको र बारम्बार कोरोना परिक्षण हुदाँ पनि नेगेटिभ आएपनि प्रहरीले कोरोना फैलाउने अभियोगमा मुद्दा चलाएको छ । हाल उक्त क्वारेन्टाइनमा रमजान मिया, नजिर मिया र नेपाली बिधार्थीहरु सहित ३० जनालाई प्रहरीले बन्धक बनाएका छन । रमजान मियाको छोरी भने सहारनपुरमै उनी आफ्नो साथीको घरमा सुरक्षित रहेकी छिन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार