देवेन्द्र आलोक-विराटनगर / गत बुधबारदेखि नाकामा अलपत्र परेकाहरुलाई भित्र्याउन सुरु गरेयता जोगबनी नाकाबाट १ हजार १ सय ६६ जना नेपाली भित्रिएका छन् ।

भारतका विभिन्‍न स्थानबाट आएकाहरुलाई प्रहरीले नेपाल प्रवेश गराएको हो यसैगरी नेपालमा रहेका १ हजार ३ सय ५७ जनालाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ। संक्रमण फैलन रोक्न लागू गरिएको लकडाउनका कारण अप्ठ्यारोमा परेपछि भारतमा रहेका नेपाली आइरहेका छन् ।

सातायता जोगबनी नाकाबाट प्रवेश गर्ने नेपालीको संख्या १ हजार १ सय ६६ पुगेको छ । यसैगरी उक्त नाकाबाट मंगलबारसम्म १ हजार ३ सय ५७ जना भारतीय नागरिक भारतर्फ गएका छन् ।विभिन्न नाका हुँदै लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएपछि गत बुधबारबाट दुबै देशका प्रहरीको समन्वयमा प्रवेश गराउन थालिएको थियो ।

मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार नाकामा आएर रोकिएकालाई भारतीय प्रहरीसँग समन्वयमा प्रवेश गराउने गरिएको छ । प्रदेश १ का झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भान्टाबारीलगायत नाकाहरुबाट पनि नेपाली भित्रने क्रम जारी छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार