झापा l कोरोना भाईरसको सक्रमण फैलिन नदिनका लागी गरिएको लकडाउन र नेपाल भारत सिमाक्षेत्र सिल गरिएको अवश्थामा लागुऔषध लगायतको तस्करी व्यापक हुन थालेको छ । सुनसरीको सिमापारीको भारतिय बजारबाट दैनिक रुपमा ठुलो परिणाममा प्रतिबन्धीत लागु औषधसहितका विभिन्न प्रकारका माल सामानहरुको तस्करी हुने क्रमले सुरसरीको सिमा सुरक्षाको अवश्था कमजोर रहेको पाईएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउनको अवधीमा सुनसरी जिल्ला अदालतमा एक दर्जन भन्दा बढी मानिसहरुलाई लागुऔषध समबन्धी मुद्धामा म्याद थप गरि हिरासतमा राखेर अपराध अनुसन्धान थालेको छ । सुनसरीको सिमापारीको भारतिय बजारबाट विभिन्न प्रकारका मालसमानहरु सहित लागुऔषधको चोरी तस्करी व्यापक भएसगै सुनसरी प्रहरीले हरिनगर गाँउपालिका, देवानगञ्ज गाउपालिका, भोक्राहा नरसिह गाउपालिका र कोशी गाउपालिकाका विभिन्न स्थानबाट ठुलो परिणाममा बरामद गरेको सामान र मानिसले सिमाक्षेत्रमा गरिएको सिल र जिल्लाको लकडाउनको अवश्था फितलो रहेको पुष्टी गरेको छ ।

सुनसरी प्रहरीले सिमाक्षेत्रबाट मालसामान ओसारपसार कार्यमा प्रयोग गरिएको ट्रक, भ्यान, मोटरसाईकलसहितका दर्जनौ सवारीसाधनहरु सगै हजारौ बोलत लागुऔषध, हजारौ थान ईन्जेक्सन, ट्याब्लेट, विभिन्न प्रकारका मदिरा, सुर्ती, खैनी, रजनीगन्धा,कपडा, खाद्यन्न लगायतका समानहरु बरामद गरेको छ । देवानगञ्जका रामआशिस यादवले भने सुनसरीको सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको मिलोमतोमा विश्व महामारीको रुपमा देखिएको कोरोना भाईरसको सक्रमण फैलिरहेको अवश्थामा भारतीय बजारबाट सुनसरीका विभिन्न सिमानाका हुदै अवैध रुपमा चोरी तस्करीका मालसामानहरु भित्रिने गरेको बताउछन ।

घुस्की, देवानगञ्ज, बसन्तपुर, नरसिह, लौकही, पश्चिम कुशाहा, श्रीपुरजब्दी, हरिपुर, भाण्टावारी लगायतका स्थानबाट दैनिक रुपमा चोरी तस्करीका मालसमानहरु ओसारपसार हुने गरेको पाईएको छ । सरकारले सिमाक्षेत्रबाट भारतमा रोजगारी लगायका काममा गएका मानिसहरु आवतजावत गर्ने भएकाले कोरोना सक्रमणको जोखिम बढने भएपछि असार १६ गतेसम्म नेपाल भारत सिमानामा सिल गरि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा निगरानी कडा बनाएको छ । लौकहीका श्यामकुमार साहले भने सुरक्षा निकायले सिमाक्षेत्रबाट नेपाल भारतको दुवै तर्फ कोही पनि आवतजावत नगरेको दावी गरेपनि दैनिक प्रतिबन्धीत लागुऔषधसहित विभिन्न प्रकारका मालसामानहरुको ओसारपसार र तस्करी भने बढदो रुपमा रहेकाले सुनसरीमा सुरक्षा तैनाथी फितलो रहेको देखिन्छ ।

सुनसरी प्रहरीले पक्राउ गरेका एक दर्जन बढी मानिसहरुलाई लागुऔषध ओसारपसार बेचबिखन समबन्धी मुद्धामा हिरासतमा राखी कानुनी कारवाहीका लागी अनुसन्धान गरेपनि भन्सार छली मालसामान ओसारपसार गर्ने तस्करहरु भने पक्राउ परेका छैनन । भोक्राहा नरसिहका रामकुमार यादवले तस्करीको लाईन लकडाउन गरि सिमाक्षेत्र सिल गरेको अवश्थामा बढदै गएकाले विगतमा सुनसरीको सिमाक्षेत्रबाट ठुलो परिणाममा मालसामानहरुको चोरी तस्करी सुरक्षाकर्मीहरुको मिलोमतोमा हुदै आएको तथ्य अहिलेको अवश्थाले पुष्टि गरेको बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार