आमाको ममता सरी जगतमा पाइन्छ के नै अरू
आफ्नो ज्यान समेत जोखिम गरी सन्तान दाताहरू
आमाको महिमा अपार छ यहाँ जानेर को सक्छर
आमा शव्द छ शव्दकोष भरिको आहा बडो सुन्दर ।आमाले रस पान अमृत सरी वात्सल्य बर्षाउछिन्
हाम्रो जीवन मार्ग दर्शन सबै औल्याइ दर्साउछिन्
आमाको उपदेश हुन्छ पहिलो यो जिन्दगीको फल
हाम्रो जीवन माथि हुन्न कहिलै आमाहरूको छ्ल ।आमा उद्गम श्रोत हुन् जीवनको संसार देखाउने
माया प्रेम दिएर शैशव ठुलो पारेर टेकाउने
न्यानो काख समान छैन जनको अन्यत्र केही पनि
आत्मैदेखि पुकार्छ आर्त जनले यै शव्द आमा भनी ।आमाको जतिको मिठो र रसिलो मायाकहाँ हुन्छर
आमाको अतिरिक्त बाहु कसको प्यारो हुँदै छुन्छर
सारा चीज भुलेर बित्छ दिन यो बिर्सन्न आमा किन
आमानै पहिलो छ शव्द शिशुको बोली फुरेको दिन ।आमा स्वर्ग समान दिव्य गहना शृंगार आभूषण
आमा तागत हुन् शरीर भरको उर्जा तथा पोषण
आमा अग्रिम श्रोतहुन् जीवनको भण्डारहुन् ज्ञानको
आमाको इतिहास मेट्न कसले सक्ला र सम्मानकोतुलसी प्रसाद भट्टराई
बिर्तामोड झापा
आमा कविता : शार्दूलाविक्रीडित छन्द
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1