भद्रपुर/राष्ट्रिय जनतान्त्रिक गठंबन्धनब्दारा मंगलबार बिज्ञप्ति जारी गरी भनेको छ देशमा ब्याप्त सबै प्रकारका भ्रष्टाचार, राज्य प्रायोजित एवं संरक्षित आतंक, लूट-खसोट, भय-त्रास, बेतिथी, अब्यवस्था, आत्मसमर्पणवादी लम्पसारवादमा आधारित प्रभुभक्तिसहितको देश-बेचुवा सोंच, चरित्र, आचरण, प्रवृत्तिका विरुद्ध संयुक्त स-सक्त मोर्चा निर्माण र “राष्ट्र बचाउ अभियान” को पवित्र अन्तिम लक्ष्य “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था” स्थापनाका निम्ति सम्पूर्ण राष्ट्रभक्त, राष्ट्रवादी, जनतन्त्रवादी शक्तिहरुलाई गोलबन्द गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पहिचान, राष्ट्रिय एकता एवं धर्म, संस्कृति, इतिहास, परम्पराको प्रवर्द्धन, संवर्द्धन, संरक्षणका निम्तिको संयुक्त संघर्षमा क्रियाशिल “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” र गठबन्धनद्वारा संचालित “राष्ट्र बचाउ अभियान” मा कमला भट्टराई ज्युको नेतृत्वमा रहेको “नेपाली नागरिक अभियान” र सुनिल प्रसाद गुप्ता ज्युको नेतृत्वमा रहेको “मधेशी जनता पार्टी” सम्पूर्ण रुपमा समाहित भई गठबन्धन एवं अभियानद्वारा घोषित आन्दोलनको कार्यक्रममा सक्रिय सहभागिता जनाउने उदघोष गर्नु भएकोमा वहाँहरु प्रती आभार ब्यक्त गर्दै “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” एवं “राष्ट्र बचाउ अभियान” मा हार्दिक स्वागत गर्दछौं !
बिज्ञप्तिमा गठबन्धनमा वहाँहरुको सहकार्य, सक्रियता, सहभागिता, कार्यगत एकताले “राष्ट्र बचाउ अभियान” को पवित्र उद्देश्य एवं लक्ष्य प्राप्तिमा ठुलै मद्दत पुग्ने समेत आशा र विश्वास राखेको उल्लेख छ !
गठबन्धनका तर्फबाट डा, मनोज मुक्ति बिबेकब्दरा हस्ताक्षरित बिज्ञप्तिमा अगाडी भनिएको छ “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” मा हालसम्म समाहित भएका ६ संगठनहरुको नामावली डा. मनोज मुक्ति “विवेक” नेतृत्वको “जनतान्त्रिक तराई मुक्ति मोर्चा”, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको “नेपाल डेमोक्रेटिक पार्टी”, लाक्पा तामाङ नेतृत्वको “राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)”, राजिव झा नेतृत्वको “मातृभूमि सेवा दल”, कमला भट्टराई नेतृत्वको “नेपाली नागरिक अभियान” र सुनिल प्रसाद गुप्ता नेतृत्वको “मधेशी जनता पार्टी” रहेको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार