झापा/  लिम्पियाधुरा सहितको नेपाली भूमि अनुसार नयाँ नक्सा सहितको निशान छाप राख्न सरकारी संविधान संशोधन विधेयकलाई प्रतिनिधि सभाले बुधवार सर्वसम्मती बाट स्वीकृत गरेको छ । विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरू लाई संशोधन प्रस्ताव राख्न खुल्ला भएको छ ।

विधेयक प्रतिनिधि सभाबाट स्विकृत भएको सभामुखले घोषणा गरेका हुन् । सरकारले ल्याएको संशोधन विधेयकमाथि संशोधन गर्न सांसदहरूले ७२ घण्टा समय पाउनेछन् । उनीहरूले सरकारले ल्याएको निशान छापमा परिवर्तनको प्रस्ताव गर्न सक्छन् । संशोधन विधेयकको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो ।

त्यस्तै मधेश केन्द्रित दुई दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो । समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय बाह्य र आन्तरिक हुने भएकाले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा आफ्नो पार्टी रहेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संशोधनको पक्षमा आफ्नो पार्टीले केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराएका थिए ।

कानून मन्त्री शिवमाया तुम्बाहाङफेले विधेयकको छलपलमा जवाफ दिने क्रममा दलहरूबीच एक मत देखिएकोमा खुसी व्यक्त गरिन् । सरकारले गत जेठ १८ गते प्रतिनिधि सभामा संविधानको दोश्रो संशोधन विधेयक पेश गरेको थियो। सरकारले संविधानको धारा ९ को २ अनुसारको अनुसूची–३ संशोधन गर्न प्रस्ताव ल्याएको हो । सरकारले त्यसअघि जेठ ७ गते नेपालको नयाँ प्रशासनिक नक्सा जारी गरेको थियो ।

विधेयक छलफलका लागि स्विकृत भएपछि सरकारी संशोधन माथि सांसदहरुले संशोधन दर्ता गराउन पाउनेछन् । त्यसपछि पुनः छलफल हुनेछ । सभामुख अग्नि सापकोटाले विशेष समिति गठन गरेर थप छलफल गराउन सक्नेछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार