कमला भट्टराई- झापा । प्रदेश नं १ सभामा घरेलु रक्सी र गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न सांसदहरुले माग गरेका छन । प्रदेश नं १ सभाको बजेट अधिवेशनको सोमवारको नवौ बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद उषाकला राईले घरेलु रक्सी र गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न माग गरिन ।

उनले घरेलु रक्सी र गाँजा खेतीलाई फुकुवा गराएर कोभिड १९ पछिको अवस्थामा उत्पादन बढाउन र धेरैलाई रोजगारी दिन सकिने बताइन । सांसद राईले बिदेशी र ब्राण्डेड रक्सीहरु चाँही खुला गर्ने तर स्थानिय स्तरमा उत्पादन भएको घरेलु रक्सीको उत्पादनलाई चाँही गैरकानुनी बनाउने कार्य गलत भएको बताइन ।

उनले घरेलु रक्सीलाई पनि ब्राण्डिङ गरेर बजारमा बिक्रि गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन । यस अघि नै सांसदहरु बिमल कार्की , प्रतापप्रकाश हाङगाम लगायतले पनि पटक पटक घरेलु रक्सीलाई ब्राण्डडिङ गर्न माग गर्दै आएका थिए । सांसद कार्कीले गाँजा खेतीको प्रतिबन्ध फुकुवा गर्न पनि माग गरेका थिए

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार