हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विपी प्रतिष्ठानको अध्यक्षमा सिग्देल चयन

 झापा/ सुनसरी निर्वाचन क्षेत्र नं ४ का नेपाली काग्रेसका अगुवा नेता कार्यकर्ताहरुको नेतृत्वमा विपी कोईराला अध्यय्न प्रतिष्ठान गठन गरिएको छ । नेपाली काग्रेसका सस्थाँपक तथा चिन्तक समेत रहेका प्रजातान्त्रीक समाजवादका प्रतिपादक स्व विशेश्वर प्रसाद कोइरालाको बिचारलाई अहिलेको नयाँ पुस्ता माझमा व्यापकता दिनका लागी विपी कोईराला अध्यय्न प्रतिष्ठान गठन गरिएको हो ।

Advertisement

विपी प्रतिष्ठानको अध्यक्षमा स्वतन्त्रता सेनानी संध सुनसरीका अध्यक्ष समेत रहेका नन्द सिग्देल चयन भएका छन । प्रतिष्ठानको उपाध्यक्षमा ध्यानी उराँव, सचीवमा नइम अन्सारी, कोषाध्यक्षमा मुना रिजाल अधिकारी,कार्यसमितिको सदस्यहरुमा डिल्ली कार्कि, उपेन्द्र कट्वाल, युवराज दाहाल, इसराइल मन्सुरी जितेन्द्र खेरवार, बिन्दु बराल र बिनिता दहाल रहेका छन ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष नन्द सिग्देलले नेपालमा जहानिया राणा शासनको अन्त्यका लागी प्रजातान्त्रीक आन्दोलन सुरु गर्दै प्रजातन्त्र स्थापनाका लागी विपी कोइरालाले निरङकुशताको सदाका लागी हटाउन खेलेको भुमिका नेपालको इतिहासमा स्वर्णीम रहेकाले विपीको बिचार नेपाली काग्रेस भित्र र बाहिर सधै सान्र्दभीक रहदै आएका बताए । सचीव नइम अन्सारी भने विपीका बिचारहरुलाई नयाँ पुस्ताका बिचमा लैजानका लागी विपी कोईराला अध्यय्न प्रतिष्ठानले सुनसरीमा अभियान चलाउने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)